कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

आज - १६ आषाढ २०७७ मंगलवार को राशिफल


मेष


मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

सिंह


सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

तुला


तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

धनु


धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । अलझिएका समस्या सुल्झाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कुम्भ


कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

बृष


वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सुखद् यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

कर्कट


कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कन्या


कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृश्चिक


वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० आज अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्यापनि आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर


मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा सफलता पाईनेछ ।

मीन


मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० आज अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । ( ज्यो।प। नारायणप्रसाद दुलाल

प्रतिकृया दिनुहोस