नुवाकोटका बाढीपीडितलाई ९९ सपिङको साथ
नुवाकोट । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई सेल्स हब नेपाल द्वारा सञ्चालित ९९ सपिङले एक गाडी राहत सामग्री वितरण गरेको छ।
काठमाडौं तथा देशका विभिन्न शहरमा सञ्चालित ९९ सपिङका शाखाहरूको सहकार्यमा विदुर नगरपालिका–५, पिपलटारमा पुगेर प्रत्यक्ष रुपमा बाढीपीडितलाई नै भेटेर करिब ३ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो।
राहतस्वरूप पीडित परिवारका लागि दैनिक जीवनमा आवश्यक पर्ने किचन सामग्री, महिला तथा बालबालिकाका लागि दैनिक जिवनमा आवश्यक पर्ने सामग्री वितरण गरिएको थियो।
बाढीबाट घर तथा दैनिक उपभोग्य सामग्रीमा क्षति पुगेका परिवारलाई लक्षित गर्दै राहत वितरण गरिएको सपिङ हब नेपालका संचालक हरि अधिकारीले जानकारी दिनुभयो ।
स्याङ्जाको गल्याङ नगरपालिका ७ पड्काङ निवासी सपिङ हबका संचालक अधिकारीले विपद्को समयमा पीडित परिवारसँग प्रत्यक्ष रूपमा जोडिएर आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
राहत वितरण कार्यक्रममा सपिङ हब नेपालका संचालक हरि अधिकारीसँगै, शेयर सदस्य तुल्सीराम काफ्ले तथा गोपिकृष्ण चापागाईं लगायतको उपस्थिति रहेको थियो।
(1).jpeg)
राहत वितरणका क्रममा संचालक हरि अधिकारीले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउनुभयो । उहाँले ९९ सपिङले व्यापारिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आगामी दिनमा समेत यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि प्राप्त राहतले तत्कालीन आवश्यकतामा केही भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
(1).jpeg)










प्रतिकृया दिनुहोस