कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

स्याङ्जाको हेलुमा अवैध बालुवा ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा, रु. १० हजार जरिवाना

 

स्याङ्जा । स्याङ्जाको भिरकोटमा अवैध रूपमा बालुवा ओसारपसार गर्ने एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ।

२०८३ साउन २९ गते प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरी टोलीले भिरकोट नगरपालिका वडा नम्बर १, हेलुस्थित सिद्धार्थ राजमार्गमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ग.१ त. ७०८३ नम्बरको ट्याक्टरलाई अवैध रूपमा बालुवा ओसारपसार गर्दै गरेको अवस्थामा फेला पारेको हो।

प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भिरकोट नगरपालिकाको कार्यालयमा पठाएको थियो।

नगरपालिकाले नियमावली अनुसार ट्याक्टरलाई रु. १०,००० (दश हजार रुपैयाँ) जरिवाना गराएर छाडेको छ

प्रतिकृया दिनुहोस