कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

आँधीखोलामा डुबेका पुल कामदारको शव २४ घण्टापछि फेला पर्यो

स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव २४ घण्टापछि फेला परेको छ।

सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ घर भई हाल स्याङ्जाको गल्याङ नगरपालिका–११ मुडकिल्लामा रही स्थानीय पुल निर्माणमा काम गर्दै आएका अन्दाजी २५ वर्षीय बलदेव बस्नेतको शव फेला परेको हो।

बस्नेत शनिबार (साउन २४ गते) दिउँसो करिब २:३० बजे गल्याङ नगरपालिका–७ स्थित आँधीखोलामा पौडी खेल्न गएका थिए। सोही क्रममा उनी खोलामा डुबेर बेपत्ता भएका हुन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी गल्याङ र ३० नम्बर हे.क्वा. गुल्म वालिङ स्याङ्जाबाट प्रहरी टोली खोजीका लागि परिचालन गरिएको थियो। खोजी गर्ने क्रममा बस्नेत बेपत्ता भएकै स्थानमा मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस