स्याङ्जाको अरौदीखोलाले बगाएका युवक आँधीखोलामा मृत फेला
स्याङ्जाको पुतलीबजारमा खोलाले बगाएर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। पुतलीबजार नगरपालिका वडा नम्बर ३, बाडखोला बस्ने २१ वर्षीय सलिम मगर २०८३ साउन २८ गते राति करिब १०:२० बजेको समयमा ग.११ प. ८१८३ नम्बरको मोटरसाइकलसहित पुतलीबजार-१ स्थित अरौदीखोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए।
घटनालगत्तै खटिएको सिंहसार्दुल गुल्म स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गुल्म वालिङको संयुक्त टोलीले खोजतलास जारी राखेको थियो।
खोजतलासका क्रममा साउन २९ गते दिउँसो ३:१० बजे पुतलीबजार नगरपालिका वडा नम्बर १३, गैरीजागरस्थित आँधीखोलामा उनी मृत अवस्थामा फेला परेका हुन्।
सुरक्षाकर्मीको टोलीले शवलाई खोलाबाट बाहिर निकाली कानुनी प्रक्रिया (मुचुल्का) पुरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।









प्रतिकृया दिनुहोस