१५ वर्षमाबन्यो चापाकोट–रामपुर जोड्ने पुल
स्याङ्जाको चापाकोट र पाल्पाको रामपुरमादुई प्रदेश जोड्ने गरी ट्रस (ब्रिज) पुलनिर्माणभएको छ ।चापाकोट नगरपालिका–८ दामाचौर र रामपुर नगरपालिका–६ प्याकलुकमाकालीगण्डकीनदीमाथिगण्डकी र लुम्बिनीदुई प्रदेश जोड्ने गरीमोटरेबल ट्रस पुलनिर्माणभएको हो ।
तीनवर्षमा सक्ने गरी सुरु गरिएकोपुलआयोजनामाप्राविधिक समस्याउत्पन्नभएसँगै १५ वर्षपछिनिर्माणकार्य पूरा भएको छ ।सडकडिभिजनकार्यालय पाल्पाकाअनुसार २०६८ असार २६ गते एमएस इलाइट–एसबिए जेभी, कपनकाठमाडौंसँग १५ करोड ६८ लाख १३ हजार २६६ रुपैयाँको लागतमा२०७१ जेठभित्रपुलनिर्माणको काम सक्नेगरी सम्झौताभएको थियो ।
सुरुमा वेल फाउन्डेसन डिजाइनअनुसार निर्माणाधिनट्रस पुलनदीकादुवै किनारमापिल्लर निर्माणगरिएको थियो । निर्माणकै क्रममानदीकोबीचभागमासमस्या देखिएपछिकाम रोकिएको कम्पनीले जनाएको छ ।डिजाइनअनुसार १५–१५ मिटर गहिराइसम्म वेल फाउन्डेसन पु¥याउनुपर्ने भएपनिकरिब पाँचमिटरमै चट्टान भेटिएपछि सोहीडिजाइनअनुसार निर्माण सम्भव नभएको भन्दै निर्माणकम्पनीले काम स्थगितगर्दै आएकोथियो ।
पुलनिर्माणरोकिएपछिभौतिकपूर्वाधारमन्त्रालयको पुलमहाशाखाले २०७८ सालमा पुरानो डिजाइन परिवर्तन गरेको हो । वेलफाउन्डेसनको सट्टा महाशाखाले पाइलफाउन्डेसनमापुलनिर्माणगर्ने डिजाइन गरेपछिपुलनिर्माणले गतिलिएको थियो ।नयाँडिजाइन स्वीकृत भएपछिनिर्माणको जिम्मेवारी पुनः सोहीनिर्माणकम्पनीलाई दिएसँगै निर्माणकार्य सम्पन्नभएको छ ।
सडकडिभिजनकार्यालय पाल्पाकानिमित्तप्रमुखपवित्रमणिआचार्यका अनुसार निर्माणकम्पनीलाईआठौँ पटकथपिएको म्याद साउन ३० गते सकिनेमाकम्पनीले दिनअघिनै पुलको निर्माणकार्य सकेको छ ।डिजाइन परिवर्तन गर्दै झण्डै १५ वर्षपछिपुलनिर्माणहुनुलाई कार्यालयले ठूलो उपलब्धीमानेको आचार्यले बताए ।
तीन स्पानमानिर्माणगरिएको पुल १८१मिटर लामो र ११ मिटर चौडा रहेको छ । आचार्यकाअनुसार डिजाइन परिवर्तन गर्नुपर्दा आयोजनाको लागतझण्डै २२प्रतिशतबढेको छ । तीनवर्षभित्र सम्पन्नगर्ने लक्ष्य राखिएको पुल १५ वर्षमा सकिँदालागतबढेर भ्याटसहित २१ करोड ६२ लाख ६१ हजार ३६८ रुपैयाँपुगेको छ ।डिजाइनमा समस्या देखिदा सरकारलाई झण्डै ६ करोड रुपैयाँक्षतिपुगेको छ ।
निर्माणकम्पनीकाप्रतिनिधिश्याम केसीले प्रारम्भिकडिजाइनअसफलहुँदालामो समय आयोजना रोकिएको बताए । आयोजना रोकिदाकम्पनीले करिब ७ करोड रुपैयाँ बराबरको क्षतिव्यहोर्नुपरेको उनको दाबी छ ।कम्पनीले ढिलाइ गरेको भएदण्डितगरिन्थ्यो । तर सरकारी निकायबाटैडिजाइनमागडबढभएपछिक्षतिपूर्तिका लागिकसलाई गुहार्नु उनले दुःखेसो गरे ।
पुल सञ्चालनमाआएसँगै स्याङ्जा र पाल्पाबीचको आवागमन सहजभएको छ । साथै पाल्पाको सिमा क्षेत्र तराइको भू–भागबाटसिधै ज्याग्दीखोलाकरिडोर र आँधीखोलाकरिडोर हुँदै पर्वत तथामुक्तिनाथसम्मपुग्ने मार्गलाई थप सहजबनाएको छ ।दक्षिण र उत्तर क्षेत्रलाई सम्पर्क विस्तारमा समेत पुलमहत्वपूर्णपूर्वाधारका रूपमा रहने अपेक्षागरिएको स्थानीयले बताए ।









प्रतिकृया दिनुहोस