धनुषामा कर्फ्यु: जयनगर–जनकपुर रेल सेवा अर्को सूचना नआएसम्म सेवा बन्द
जनकपुरधाम — जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी गरेपछि जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डको सेवा पूर्ण रूपमा ठप्प भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडले आज एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि रेल सेवा स्थगित गरिएको जनाएको छ।
सुरक्षा संवेदनशीलता र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै कर्फ्यु अवधिभर रेल सञ्चालन गर्न नसकिने कम्पनीले स्पष्ट पारेको छ।
नेपाल रेल्वे कम्पनीका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "स्थानीय प्रशासनको कर्फ्यु आदेशका कारण रेल सेवा निरन्तरता दिन सम्भव भएन। परिस्थिति सामान्य हुनासाथ सेवा पुनः सुचारु गरिनेछ।"
अचानक रेल सेवा बन्द हुँदा यात्रुहरूमा पर्न गएको असुविधाप्रति रेल्वे प्रशासनले क्षमायाचना समेत गरेको छ। जयनगरदेखि भङ्गाहा सम्मको यात्राका लागि दैनिकजसो ठूलो सङ्ख्यामा सर्वसाधारणले यो रेल सेवा प्रयोग गर्दै आएका थिए।









प्रतिकृया दिनुहोस