भारतमा कोरोना भाइरसविरुद्ध खोप बनेको भारतीय सञ्चारमाध्यमहो दावी
एजेन्सी - भारतमा कारोना भाइरसविरुद्ध खोप बनेको छ। हैदराबादस्थित औषधि कम्पनी भारत बायोटेकले कोरोनाविरुद्ध खोप विकास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अब खोप आउने जुलाईमा मानिसमा परीक्षण गर्ने तयारी छ। यसअघि यो खोप जनावरमा परीक्षण गरिएको र नतिजा निकै राम्रो देखिएको निर्माता कम्पनीले दाबी गरेको छ।
अहिले कोरोनाविरुद्ध विश्वमा १२० भन्दा बढी खोप निर्माण भइरहेका छन्। यी खोप विभिन्न चरणमा परीक्षण भइरहे पनि आम प्रयोगका लागि प्रमाणित भने कुनै पनि भइसकेका छैनन्।
मानिसमा परीक्षण गर्ने तहसम्म आइपुगेको यो नै पहिलो खोप भएको भारतीय विज्ञले बताएका छन्। यो खोप मानिसमा परीक्षणका लागि नियामक संस्थाले अनुमति दिइसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार मानवमा खोपको परीक्षण दुई चरण गर्नुपर्ने हुन्छ। पहिलो परीक्षणले खोप सुरक्षित छ कि छैन तथा दोस्रो परीक्षणले संक्रमण रोक्न कति सक्षम छ भन्ने प्रमाणित गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका प्रवक्ताले बीबीसँग भनेका छन्, ‘भारतमा कोरोनाबाट संक्रमित व्यक्तिबाट भाइरसको नमुना याे खाेप विकासमा ठूलो मद्दत गर्याे।’
कम्पनीका प्रमुख डाक्टर कृष्णा इल्लाका अनुसार यो खोपको नाम ‘कोवाक्सिन’ राखिएको छ । जुन खोप इन्डियाज नेसनल इन्डस्ट्रिज अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिर्चको सहयोगमा तयार पारिएको हो ।
भारत विश्वमा सबैभन्दा बढी जेनेरिक औषधि तथा खोप निर्माण गर्ने देशमध्ये एक हो। जस्तै स् पोलियो, मेनिनजाइटिस, निमोनिया, रोटाभाइरस, बिसीजी, रुबेलाविरुद्धका खोप पनि भारतले विकास गरेको हो।











प्रतिकृया दिनुहोस