राम्दीबाट ला.गुऔषध सहित पोखराका दुई जना प.क्राउ
स्याङ्जा - गल्याङ नगरपालिका-१ राम्दीस्थित सिद्धार्थ राजमार्गबाट लागुऔषधसहित पोखराका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी राम्दी, स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक रोशनलाल पाण्डेको नेत्रित्वमा खटिएको चेकजाच टोलीले बिहीबार राती अन्दाजी १२:३० बजे बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग.२ ख. १९५२ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा बुप्रेनर्फिन (Bupernorphine): ३१ एम्पुल, फेनारगन (Phenergan): ३० एम्पुल, डाइजेपाम (Diazepam): २९ एम्पुल, सिरिञ्ज: १ थान र मोबाइल: २ थान सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नम्बर-५ बस्ने ४० वर्षीय नरेन्द्र आचार्य र सोही स्थान बस्ने ३४ वर्षीय सुरज प्याकुरेल रहेका छन्। प्रहरीले बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धानका लागि आजै (मिति २०८३/०३/३२ गते) सम्मानित स्याङ्जा जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिई थप प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।









प्रतिकृया दिनुहोस