कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

स्याङ्जामा वीपी कोइरालाको ४४ औं स्मृति दिवस मनाईयो

 

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४४ औं स्मृति दिवस स्याङ्जामा मनाइएको छ । पुतलीबजार नगरपालिका १ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ्ले वीपीका विचार र दर्शनलाई आत्मसात् गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।नेपालमा राणा शासन अन्तगरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गरेको बताउनुभयो ।  
 वीपीको समाजवाद नेपाली राजनीतिलाई नयाँ दिशा दिने कोसेढुंगा भएको जनाउदै नेता गुरुङले नेपाली काँग्रेसले वीपीको आदर्श भुलेको विषय उठ्ने गरेको जनाउनुभयो । कार्यक्रममा केन्द्रिय प्रतिनिधिहरु सनम वेगम, डा. कृष्ण पोख्रेल, दिपक भट्टराई, गण्डकी प्रदेश उपसभापति एवं गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारी, प्रदेश सदस्य भोजराज अर्याल, प्रदेश सभा सदस्य महेश भट्टराई, नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति विश्वप्रेम अधिकारी, स्वतन्त्रता सेनानी तारापति सुवेदी, महिला नेतृ सीता गोदार, युवा नेताहरु अजित क्षेत्री, भरतप्रसाद लम्साल लगायतले वीपीका योगदानका बारेमा चर्चा गरेका थिए ।
 यसैगरी, पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, भीरकोट नगरसभापति लक्ष्मण अधिकारी, चापाकोटका देवबहादुर खाँण इश्वर, विरुवा गाउँपालिकाका सभापति डोलराज पोखरेल, अर्जुनचौपारीका सभापति बिष्णुप्रसाद काफले, फेदीखोला गाउँपालिकाका सभापति महेन्द्र थापा, आधीखोला गाउपालिकाका सभापति नरेन्द्रराज पौडेल लगायतले पनि वीपीप्रति श्रद्धासुमन ब्यक्त गरेका थिए । नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति केदार काफलेले स्वागत र सचिव दामोदर लम्सालले संचालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस