कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

जेसिस रमाइलो मेलाः कलाकारसँग रम्दै दर्शक

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाका ३, तल्लो गल्याङमा जारी प्रथम गल्याङ जेसिस रमाइलो मेलामा कलाकारहरुसँग दर्शकहरु रमाइरहेका छन् । 
चैत्र ३० गते सुरु भएको प्रथम गल्याङ जेसिज रमाइलो मेला २०७९ मा दर्शकहरु कलाकारहरुसँग झुमिरहेको देखिएको छ । 
बैशाख ९ गते सम्म सञ्चालन हुने रमाइलो मेलामा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति चलिरहेको छ । 
गल्याङ जेसिसका अध्यक्ष ऋषि बस्यालले रमाइलो मेलामा दर्शकहरुको उपस्थितिका लागि धन्यवाद ज्ञापन गर्दै अन्तिम दिनसम्म पनि दर्शकको सहभागिता अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो । 
प्रथम गल्याङ जेसिज रमाइलो मेलाका मुल समारोह समिति संयोजक खगेन्द्र भण्डारीले रमाइलो मेलामा भएको बाल उद्यान, स्टलहरुको सही व्यवस्थापनले रमाइलो मेला उत्साहजनक ढंगले अगाडि बढिरहेको बताउनुभयो । 
गल्याङ जेसिसका महासचिव ज्ञानेन्द्र पाठकले अहिलेसम्म गल्याङमा नआएका कलाकारहरु यो रमाइलो मेलामा आइरहेको भन्दै झनपछि झन मेला भव्य हुँदै गइरहेको बताउनुभयो । 
हेरौं रमाइलो मेलाका केही तस्वीरहरुः 

प्रतिकृया दिनुहोस