कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

खुमनले ल्याए टिपिकल रोधी ‘बाहुनको झोर्ले है’ 

स्याङ्जा । स्याङ्जाली सर्जक चर्चित राष्ट्रिय लोकदोहोरी गायक खुमन अधिकारीले टिपिकल रोधी गीत ‘बाहुनको झोर्ले है’ बजारमा ल्याउनुभएको छ । नेपाली मौलिक परम्पराको जगेर्नाका लागि सहयोग पुग्ने गरी खुमनले नयाँ गीत सार्बजनिक गर्नुभएको हो । 

खुमन अधिकारी युटुब च्यानलबाट सार्बजनिक भएको गितमा चर्चित लोकदोहोरी गायिका प्रिती आले, श्याम राना, सुमन थापा मगर र अस्मिता रनपालको पनि आवाज रहेको छ । 
मिन दर्लामीको शब्द तथा भाका रहेको गीतमा कथा निर्देशन कमल भक्तको रहेको छ भने मौलिक तरिकाले परम्परा सम्झाउने गरी छायांकन गरिएको छ । 

पुराना टिपिकल रोधीहरु हराउँदै गएको समयमा खुमनले मौलिक टिपिकल गित बजारमा ल्याउनुलाई सकारात्मक रुपमा हेरिएको छ । 

गित युटुबमा आएको केही दिनमा नै गीतलाई धेरै स्रोता तथा दर्शकले माया गरेको देखिएको छ । 

गित हेर्न सुन्नका लागि यहाँ क्लिक गर्नुहोस् 

प्रतिकृया दिनुहोस