कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

स्याङ्जाको चापाकोटमा एक महिने निःशुल्क भलिबल प्रशिक्षण हुने

चापाकोट । स्याङ्जाको चापाकोट नगरपालिका १० मा एक महिने भलिबल प्रशिक्षण कार्यक्रम हुने भएको छ ।
कान्छि बजार युवा क्लवको आयोजनामा चापाकोट नगरपालिका १० र किसान बहुप्राविधिक शिक्षालयको विशेष सहयोगमा एक महिने भलिबल प्रशिक्षण कार्यक्रम यसै हप्तादेखि हुने भएको हो ।
भलिबलको प्रशिक्षण प्रशिक्षक एवं राष्ट्रिय भलिबल खेलाडी राजन दर्लामीले दिने आयोजकले जनाएको छ । दर्लामीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख ३१ गते पोखरामा सम्पन्न भएको १० औँ संस्करणको पोखरा स्पोर्टस् अवार्डअन्तर्गत ’’पिपुल्स च्वाइस अवार्ड’’ समेत प्राप्त गर्नुभएको थियो ।
चापाकोट नगरपालिका १० मा रहेको जनज्याति माविको प्राङ्गणमा हुने प्रशिक्षण कार्यक्रममा खेलाडीको क्षमता अभिवृद्धि तथा व्यवसायिक उन्मुख बनाउने उद्देश्य लिएको कान्छि बजार युवा क्लवका अध्यक्षा पुष्प मान श्रेष्ठ ’सन्तोष’ ले बताउनुभयो ।
भलिबल प्रशिक्षणका लागि इच्छुक व्यक्तिहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।


 

प्रतिकृया दिनुहोस