सुनचाँदीको मूल्यमा ठूलो उछाल: सुन तोलामा १९०० र चाँदी ४० रुपैयाँले बढ्यो
काठमाडौँ, ३ साउन । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा रुपैयाँ १,९०० र चाँदीको मूल्य तोलामा रुपैयाँ ४० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रति तोला रु २ लाख ८४ हजार तोकिएको छ। गत शुक्रबार यसको करोबार प्रति तोला रु २ लाख ८२ हजार १०० मा भएको थियो।
त्यस्तै, सेतो धातु चाँदीको भाउ पनि बढेर प्रति तोला रु ४ हजार २४० पुगेको छ। शुक्रबार चाँदी प्रति तोला रु ४ हजार २०० मा खरिदबिक्री भएको थियो। पछिल्लो विवरण अनुसार अन्तर्राष्ट्रिय बजारमा आज:
-
सुन: प्रति औँस ४ हजार ३१ अमेरिकी डलर
-
चाँदी: प्रति औँस ५६ अमेरिकी डलर मा कारोबार भइरहेको छ।











प्रतिकृया दिनुहोस