एकादशीको अवसरमा वालिङमा एक हजार तुलसीसहित फलफूलका बिरुवा रोपियो
स्याङ्जाको वालिङ नगरपालिकाले व्यावसायिक जडीबुटी खेतीको औपचारिक सुरुवात गरेको छ ।
हरिशयनी एकादशीको अवसर पारेर नगरपालिकाले वालिङ नगरपालिका वडा न ८ को कुरुङ्चेमा एक हजार वटा तुलसीका बिरुवा सहित विभिन्न फलफूलका बिरुवा रोप्दै जडीबुटी खेती विस्तार अभियान सुरु गरेको हो ।

वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेका अनुसार विशेषगरी जडीबुटीका क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा परिचित योगगुरु तथा आयुर्वेद अभियन्ता स्वामी बालकृष्ण आचार्यको आगामी १९ गते पर्ने जन्मदिनको पूर्वसन्ध्यालाई समेत स्मरण गर्दै एकादशीको शुभ दिनमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो ।
गुरुङले स्वामी बालकृष्ण आचार्य वालिङकै सुपुत्र भएको भन्दै उहाँको जन्मभूमिप्रतिको आत्मीयता र वालिङलाई जडीबुटी हबका रूपमा विकास गर्ने अभियानमा निरन्तर सहयोग र प्रेरणा रहँदै आएको बताए। .jpeg)
सोही सम्मानस्वरूप पनि तुलसी तथा फलफूलका बिरुवा रोपिएको उनले जानकारी दिए। नगरपालिकाका अनुसार जडीबुटीको उत्पादन, प्रशोधन तथा मूल्य शृङ्खलाको नमुना प्रस्तुत गर्दै कृषकहरूलाई व्यावसायिक जडीबुटी खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले जग्गा भाडामा लिएर जडीबुटी खेती विस्तार गर्ने योजना अघि बढाएको छ।नगरपालिकाले यस अभियानले वालिङलाई जडीबुटी उत्पादनको केन्द्रका रूपमा स्थापित गर्दै स्थानीय कृषकको आयआर्जन वृद्धि, रोजगारी सिर्जना तथा आयुर्वेदिक कृषि प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।












प्रतिकृया दिनुहोस