स्याङ्जामा रोटरी क्लबको वृक्षारोपण तथा स्वास्थ्य शिविर
स्याङ्जा - रोटरी क्लब अफ नक्साल शक्तिले स्याङ्जामा वृक्षारोपण तथा स्वास्थ्य शिविर संचालन गरेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं.–१ म क्लबको सक्रियता तथा अगुवाइमा वृक्षारोपण तथा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
फेदीखालामा रहेको रामकोट क्षेत्रमा विभिन्न जातका फलफूलसँगै वनस्पतीका बहुमूल्य प्रजातीका १५० बिरुवा रोपिएको छ । बिरुवा रोपण कार्यक्रममा सोहि वडाका अध्यक्ष अमृत क्षेत्रीले रोपिएका बिरुवाको हेरचाह र संरक्षण गरिने प्रतिवद्धता जनाउनुभयो ।
वृक्षारोपण पछि फेदीखोला गाउँपालिकामै रहेको अमोर सेवा नेपाल बालगृहमा आश्रित झण्डै ६० जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ ।
गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा बालबालिकाको निःशुल्क दन्त परिक्षण र सामान्य स्वास्थ्य परिक्षण गरिएको रोटरी क्लब अफ नक्साल शक्तिका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो ।
बालबालिकाको स्वास्थ्य परिक्षण पछि बालगृहका अध्यक्ष कमला पराजुलीले स्वास्थ्य परिक्षणमा खटिने दन्तरोग, छालरोग विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली, वृक्षारोपणमा समर्पित स्वयंसेवी र आयोजक क्लब प्रति आभार व्यक्त गर्नुभएको थियो ।
क्लबका पदाधिकारी सहित सदस्यहरुको सक्रिय सहभागिता रहेको वृक्षारोपण तथा स्वास्थ्य परिक्षणमा स्थानीयको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
रोटरी क्लबले समुदायमा आधारित मावन सेवालाई प्राथमिकता राखेर आफ्ना गतिवधि संचालन गर्ने जनाएको छ । क्लबले आगामी दिनमा ण्वृक्षारोपण, दुर्गम क्षेत्रकागरिब तथाविपन्न परिवारलाई लक्षितगर्दैमानसिक, दत्त, बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण, स्वास्थ्य सचेतनासँगै विद्यालयस्तरीय सहयोगकाकार्यक्रमलाई निरन्तरतादिदै जानेक्लबले जनाएको छ ।











प्रतिकृया दिनुहोस