मगर (ढुट) भाषा र अक्खालिपी संरक्षणका लागि निर्मित कृति ‘आखरहीलमा’ को वालिङमा लोकार्पण हुने
मगर (ढुट) अक्खालिपी केन्द्रित कृति ‘आखरहीलमा’ (अक्षराङ्क) को साउन १६ गते वालिङमा लोकार्पण तथा विमर्श हुने वालिङ, स्याङ्जा — मगर भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ तयार पारिएको मगर (ढुट) अक्खालिपी केन्द्रित कृति ‘आखरहीलमा’ (अक्षराङ्क) को लोकार्पण तथा विमर्श कार्यक्रम आउँदो साउन १६ गते शनिबार हुने भएको छ। जी. वी. राना र सावित्रा थापाद्वारा संयुक्त रूपमा तयार पारिएको उक्त कृतिको लोकार्पण तथा विमर्श कार्यक्रम वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजना गरिनेछ। भाषा र संस्कृतिको जगेर्नाका लागि महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको यस कार्यक्रममा सम्पूर्ण भाषाप्रेमी, साहित्यकार, बुद्धिजीवी तथा सर्वसाधारणलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।











प्रतिकृया दिनुहोस