आचार्य बालकृष्णको ५४ औँ जन्मोत्सवमा वालिङमा रक्तदान र जडीबुटी वृक्षारोपण
विश्वविख्यात आयुर्वेद शिरोमणि तथा स्याङ्जाको वालिङमा जन्मिएका आचार्य श्री बालकृष्णको ५४ औँ शुभ जन्मोत्सव तथा जडीबुटी दिवसको विशेष अवसरमा वालिङमा बृहत् रक्तदान तथा जडीबुटी वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
“रक्तदान जीवनदान — मानवताको महान अभियान” भन्ने मूल नाराका साथ सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले पतञ्जलि योग समिति र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजना तथा संयोजनमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणको प्रमुख आतिथ्यता रहेको थियो। साथै स्थानीय जनप्रतिनिधि, योग साधक, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सर्वसाधारण तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको पतञ्जलि योग समितिका अगुवा विष्णु प्रताप खाँणले जानकारी दिनुभयो।
कार्यक्रमअन्तर्गत आयोजित रक्तदानमा स्थानीय युवादेखि विभिन्न उमेर समूहका नागरिकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। रक्तदानबाट संकलित रगत बिरामीहरूको उपचारमा उपयोग हुने भएकाले यस्ता अभियानले मानव जीवन बचाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
यसैगरी जन्मोत्सवको अवसरमा जडीबुटी संरक्षण र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले विभिन्न प्रजातिका औषधीय तथा जडीबुटीजन्य बिरुवाको वृक्षारोपण पनि गरिएको थियो। आयुर्वेदको प्रवद्र्धन, जैविक विविधताको संरक्षण तथा आगामी पुस्तालाई जडीबुटीको महत्वबारे सचेत गराउने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।
कार्यक्रमका वक्ताहरूले आचार्य बालकृष्णले आयुर्वेद, योग, प्राकृतिक चिकित्सा तथा जडीबुटीको संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँको जन्मोत्सवलाई सेवा, स्वास्थ्य र वातावरण संरक्षणसँग जोडेर मनाउनु प्रेरणादायी भएको बताएका थिए। उनीहरूले स्वस्थ समाज निर्माणका लागि योग, प्राकृतिक जीवनशैली, रक्तदान तथा वृक्षारोपणजस्ता सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
आयोजकका अनुसार आचार्य बालकृष्णको जन्मोत्सवलाई प्रत्येक वर्ष सामाजिक तथा रचनात्मक कार्यक्रममार्फत मनाउँदै आएको र आगामी दिनमा पनि स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवासँग सम्बन्धित अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गरिनेछ।











प्रतिकृया दिनुहोस