प्रथम पिंक सिटी वालिङ महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता
वालिङ । स्याङ्जाको वालिङमा जारी प्रथम पिंक सिटी महोत्सव वालिङ २०८१ मा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ ।
फागुन २१ गते सुरु भएको महोत्सवमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको हो ।
महोत्सवमा बुधबार चर्चित अभिनेता पल साह, चर्चित लोकदोहोरी गायक खुमन अधिकारी, गायिका कृष्ण गुरुङ, आधुनिक पप गायक रुपक डोटेल लगायतको प्रस्तुति रहेको थियो ।
महोत्सवमा विहीबार चर्चित लोकदोहोरी गायक गायिकाहरु शान्तिश्री परियार, राजन कार्की, नविना सिलवाल, माया गुरुङ, प्रकाश पराजुली, तथा हास्यकलाकारहरु मेक्सम गौडेल सहितको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
वालिङ चेम्बर अफ कमर्शको आयोजनामा वालिङ–८, खेलमैदानमा जारी रहेको महोत्सवमा कृषि उपज प्रर्दशनी, अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता लगायत प्रदर्शनीहरु भइरहेको छ ।
महोत्सवमा स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको छ ।
महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा रु. ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान आयोजकको छ ।
चैत्र ३ सम्म आयोजना हुने महोत्सवमा २५० भन्दा बढि स्टलहरु रहेका छन् ।











प्रतिकृया दिनुहोस