कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

वालिङ महोत्सवः आज साहित्यकारहरुको जमघट हुने

वालिङ । स्याङ्जाको वालिङमा जारी प्रथम पिंक सिटी महोत्सव वालिङ २०८१ मा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । 
फागुन २१ गते सुरु भएको महोत्सवमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको हो । 
महोत्सवमा हिजो चर्चित लोकदोहोरी गायक गायिकाहरु शान्तिश्री परियार, राजन कार्की, नविना सिलवाल, माया गुरुङ, प्रकाश पराजुली, तथा हास्यकलाकारहरु मेक्सम गौडेल लगायतको प्रस्तुति रहेको थियो । 
महोत्सवमा आज चर्चित गायक गायिकाहरु खेम सेन्चुरी, शंकरविरही गुरुङ, पार्वती जिसी, सुमन बिटी सहितको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
वालिङ चेम्बर अफ कमर्शको आयोजनामा वालिङ–८, खेलमैदानमा जारी रहेको महोत्सवमा शुक्रबार स्याङ्जाका साहित्यकारहरूको जमघट हुने भएको छ । 
महोत्सवमा नयाँ अभ्यासको प्रयास स्वरुप शुक्रबार काव्य उत्सव कार्यक्रम हुने भएको हो ।
कार्यक्रममास्याङ्जाका झण्डै २ दर्जन भन्दा बढी साहित्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने भएको छ । 
बरिस्ठ साहित्यकार तिर्थ श्रेष्ठको प्रमुख आतिथ्यता आयोजना हुने काव्य महोत्सवमा स्याङ्जाका साहित्यकार अनन्त अर्याल, ध्रुव शर्मा पंगेनी, कमला अधिकारी, पारेश्वर न्यौपाने, शम्भु अर्याल र मिलन समिर लगायतका सर्जकहरुको उपस्थित रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा कृषि उपज प्रर्दशनी, अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता लगायत प्रदर्शनीहरु भइरहेको छ ।
महोत्सवमा स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको छ ।
महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा रु. ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान आयोजकको छ । 
चैत्र ३ सम्म आयोजना हुने महोत्सवमा ३०० भन्दा बढि स्टलहरु रहेका छन् ।
 

प्रतिकृया दिनुहोस