कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

गल्याङ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित 

गल्याङ । स्याङ्जाको गल्याङमा रहेको गल्याङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । 
आगामी चैत्र ५ गते हुने भनिएको स्ववियु निर्वाचन गल्याङ बहुमुखी क्याम्पसमा स्थगित भएको हो । 
क्याम्पसका निर्वाचन समितिका संयोजक भीम प्रसाद बस्यालले बुधबार एक सूचना निकालेर अर्को सूचना नभएसम्मका लागि निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित भएको बताउनुभएको छ । 
सूचनामा फागुन २६ गते देखि निर्वाचन प्रक्रियामा असहज परिस्थिति उत्पन्न भएको भनिएको छ । 
गल्याङ बहुमुखी क्याम्पसमा दर्ता भएका चार विद्यार्थी संगठनले तालाबन्दी गरेपछि क्याम्पसमा निर्वाचन नहुने वातावरण बनेको हो । 
पाँच वटा संगठन दर्ता भएको क्याम्पसमा चार नेपाल विद्यार्थी संघ बाहेक चार संगठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । दुई वटा अनेरास्ववियु, अखिल क्रान्तिकारी र अखिल समाजवादीले सहमति विपरित विद्यार्थी भर्ना गरी मतदाताको अन्तिम नामावलीमा प्रकाशन गरेको आरोप लगाउँदै यसलाई सच्याउनुपर्ने माग राखेका छन् । 
यसैबीच, वालीङ बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरूले उम्मेदवारी घोषणा गरेका छन्। एमाले निकट अनेरास्ववियुबाट सभापतिका लागि विष्णु पंगेनी र काङ्ग्रेस निकट नेविसंघबाट निरज श्रेष्ठको उम्मेदवारी प्रस्तुत गरेका छन् । 
चुनावी प्रक्रियामा ४ संगठन दर्ता गरेको भएपनि चुनावी प्रतिस्पर्धामा भने २ संगठनको मात्रै उपस्थिति देखिएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र विप्लव नेकपा निकट अखिल समाजवादीले संगठन दर्ता गरेपनि उम्मेदवारी भने दर्ता गरेका छैनन् । 
वालीङमा निर्वाचनको माहोल उत्साहजनक रूपमा अगाडि बढिरहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस